बुधबार, १५ अक्टोबर २०२५

अझै सप्रिएन भन्नेलाई ओलीको जवाफः बिग्रिएको भएपो सप्रिनु

News Image
• • •

एमाले अध्यक्ष केपी ओलीले जेन–जी आन्दोलनपछि पनि ‘केपी ओली सप्रिएन’ भन्नेहरूलाई जवाफ फर्काएका छन्।

केन्द्रीय कमिटीको १०औं बैठकलाई सम्बोधन गर्दै उनले ‘केपी ओली कहिल्यै नबिग्रिएकाले सप्रिनु नपर्ने’ भनेका हुन्।

उनले भने, ‘केही तत्वहरूले ‌ओली अझै सप्रिएन भन्छन्। बिग्रिएको भएपो सप्रिनु। बरु बिग्रिएकाहरू सप्रिनु पर्‍यो नि।’

उनले बरु देशमा अराजकता मच्चाउने, सिंहदरबार, संसद भवनहरू जलाउनेहरू सुध्रिनु पर्ने जिकिर गरे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!