बिएल संवाददाता
एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा वर्णानुक्रममा विवाद भएको छ।
पार्टी महासचिव शंकर पोखरेलले ‘ज्ञ’बाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने भनेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विरोध जनाएपछि अन्य नेताहरूले पनि विरोध गरेका हुन्।
यसअघि सदस्यहरूको नामको सुल्टो वर्णानुक्रम ‘अ’बाट बोल्ने अभ्यास भए पनि यसपटक उल्टो वर्णानुक्रमबाट बोल्ने भनेपछि विवाद भएको हो।
विवादपछि खाजा ब्रेक गरेर पुनः बैठक सुरु भएको थियो। उल्टो वर्णानुक्रमअनुसार नै सदस्यहरूले धारणा राख्ने तय भएको छ। उल्टो वर्णानुक्रम अनुसार केन्द्रीय सदस्य हेमराज राईबाट धारणा राख्न सुरु गरिएको छ।
बैठकमा धारणा राख्न प्रत्येक सदस्यलाई ३–३ मिनेटको समय छुट्याइएको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया