बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सभामुख देवराज घिमिरेले राजनीतिक ‘कू’ गर्न खोजेको आरोप लगाएका छन्।
बुधबार सभामुख घिमिरेले दलका प्रतिनिधिहरूसँग संसद पुनर्स्थापनाबारे गरेको छलफल गरेपछि जसपाले यस्तो आरोप लगाएको हो।
बस्नेतले भने, ‘प्रतिनिधिसभा विघटन र वर्तमान सरकारको गठन जेन–जी आन्दोलनका उपज हुन्। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन र भ्रष्टाचारीमाथि कारबाही आन्दोलनले दिएको म्यान्डेट हो। विघटित संसद पुनर्स्थापनाको बहस औचित्यहीन हो। सभामुखले राजनीतिक षड्यन्त्र गर्न खोजेको देखियो।’
जेन–जी आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै दलहरूलाई विश्वासमा लिएर मुलुकलाई निर्वाचनमा होम्नका लागि सरकारले उपयुक्त वातावरण बनाउनुपर्नेमा बस्नेतले जोड दिए।
निर्वाचनलाई स्वस्थ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार निर्वाचन कार्य सम्पन्न हुनुपर्ने उनको भनाइ छ।
निर्वाचन आयोगले आज सबै राजनीतिक दलहरूसँग आगामी फागुन २१ मा हुने प्रतिनिसभा सदस्यको निर्वाचनबारे छलफल गर्दैछ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया