बिएल संवाददाता
निवर्तमान उर्जामन्त्री दीपक खड्का देश छोडेर भागेको खुलासा भएको छ।
नयाँपत्रिका दैनिकमा आइतबार प्रकाशित अन्तर्वार्तामा गृहमन्त्री ओमप्रकाश अर्यालले खड्काले देश छोडेर भागेको खुलासा गरेका हुन्।
सरकारले ठूला नेताहरूको सम्पत्ति छानबिन थालेपछि अकूत सम्पत्तिका मालिक तत्कालिन उर्जामन्त्रीले देश छोडेर भागेको गृहमन्त्रीले दाबी गरेका छन्। उनले नाम नलिए पनि उनको संकेत निवर्तमान उर्जामन्त्रीतर्फ थियो।
जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले उर्जामन्त्रीको घरबाट नेपाली रुपैयाँ र अमेरिकी डलरलगायत विदेशी मुद्राहरू हावामा उडाउँदै मनोरञ्जन लिएको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएको थियो।
गृहमन्त्री अर्यालले भनेका छन्, ‘अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ। अब यहाँ ठुल्ठूला नेताका बारेमा छानबिन सुरु भइरहेको कुरा आइसकेको छ। कसैको भागाभागसमेत भएको छ। तत्कालीन ऊर्जामन्त्री भागिसके। अरू पनि भाग्न खोज्दै छन्।’
गृहमन्त्री अर्यालले खड्काले देश छोडेको खुलाए पनि कहाँ भागे भन्ने खुलाएका छैनन्।
मन्त्री अर्यालले अरु नेताहरू पनि भाग्न खोजिरहेको उल्लेख गर्दै उनीहरूलाई कसरी रोक्ने भनेर अध्ययन गरिरहेको भनेका छन्।
भन्छन्, ‘उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छन् कि भनेर हामी अध्ययन गरिरहेका छौँ । प्रारम्भिक अवस्थामा अनुसन्धान गर्न केही अप्ठ्यारो छैन । खासगरी सम्पत्ति शुद्धीकरणले सम्पत्तिको वृस्तित विवरण हेर्ने हो । त्यो विवरण हेरेपछि बयानका क्रममा उहाँहरूलाई ल्याउनुपर्ने हुन्छ, हाजिर गराउनुपर्ने हुन्छ । अनि मुद्दा पेश गर्दा उहाँहरूलाई पक्राउ गरेर सँगसँगै लैजाने कुरा हुन्छ ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया