बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्यमन्त्री बनाउन लागेकी पूर्व अतिरिक्त सचिव संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वसचिव मिश्राविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो। आइतबार मिश्रासहित १४ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले पुष्टि गरे।
मिश्राविरुद्ध स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोप लागेको छ। तत्कालिन स्वास्थ्यमन्त्री मोहन बस्नेतको कार्यकालमा स्वास्थ्य सेवा विभागको प्रमुख रहँदा स्वास्थ्य उपकरण खरिदमा आपूर्तिकर्तासँगको मिलेमतोमा काम गरेको आरोप उनीमाथि छ।
भ्रष्टाचार विरोधी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले मिश्रालाई स्वास्थ्यमन्त्री नियुक्त गर्न लागेकी थिइन्। स्वास्थ्यमन्त्रीमा मिश्रालाई सिफारिस गरिएको पत्र राष्ट्रपति कार्यालयमै पुगिसकेको थियो।
त्यसैबीचमा अख्तियारले मिश्राविरुद्ध भ्रष्टाचारको अनुसन्धान अन्तिम चरणमा पुगिसकेको जानकारी गराएपछि प्रधानमन्त्री कार्कीले मिश्राको नाम सपथको अन्तिम समयमा हटाएकी थिइन्।
सचिव मिश्राले स्वास्थ्य सेवा विभाग महानिर्देशक, कोशी अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुख भएर काम गरेकी छन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया