बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्यमन्त्री बनाउन लागेकी पूर्व अतिरिक्त सचिव संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वसचिव मिश्राविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो। आइतबार मिश्रासहित १४ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले पुष्टि गरे।
मिश्राविरुद्ध स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोप लागेको छ। तत्कालिन स्वास्थ्यमन्त्री मोहन बस्नेतको कार्यकालमा स्वास्थ्य सेवा विभागको प्रमुख रहँदा स्वास्थ्य उपकरण खरिदमा आपूर्तिकर्तासँगको मिलेमतोमा काम गरेको आरोप उनीमाथि छ।
भ्रष्टाचार विरोधी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले मिश्रालाई स्वास्थ्यमन्त्री नियुक्त गर्न लागेकी थिइन्। स्वास्थ्यमन्त्रीमा मिश्रालाई सिफारिस गरिएको पत्र राष्ट्रपति कार्यालयमै पुगिसकेको थियो।
त्यसैबीचमा अख्तियारले मिश्राविरुद्ध भ्रष्टाचारको अनुसन्धान अन्तिम चरणमा पुगिसकेको जानकारी गराएपछि प्रधानमन्त्री कार्कीले मिश्राको नाम सपथको अन्तिम समयमा हटाएकी थिइन्।
सचिव मिश्राले स्वास्थ्य सेवा विभाग महानिर्देशक, कोशी अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुख भएर काम गरेकी छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया