बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टी पुनःगठनको मुद्दा उठाउँदा सभापति रवि लामिछानेविरूद्ध षड्यन्त्र गरेको भाष्य बनाउन खोजिएको भनेकी छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटससहितको भिडियो सन्देश जारी गर्दै कार्कीले आफ्नो मुद्धालाई तोडमोड गरेर रवि विरोधी बनाइदा पार्टी नै कमजोर हुने बताइन्।
कार्कीले रास्वपालाई पार्टीलाई हुर्काउन, बढाउन र सबल बनाउन दुःख गरेको र अझै गर्ने स्पष्ट पार्दै संस्थापन पक्षको विचारभन्दा फरक विचार राखेकै आधारमा आफूमाथि प्रहार गर्ने काम बन्द गर्न आग्रह गरिन्।
उनले भनेकी छन्, ‘पार्टीलाई थप सबल सुदृढ बनाउन खोजिएको प्रयासलाई सभापति रवि लामिछानेविरुद्धको षड्यन्त्र जस्तो बनाएर भाष्य बनाउनुहुने तपाईंहरूको निरन्तर प्रहारले पूरा पार्टीलाई नै कमजोर बनाउने काम नगर्नुहोला।’
कार्कीले जेन–जी आन्दोलनपछि रास्वपाले गर्नुपर्ने तीन कामको सूचीसमेत सार्वजनिक गरेकी छन्।
१) विस्तारित बैठकमा सङ्गठनका साथीहरूको महत्वपूर्ण र सक्रिय सहभागताको लागि अनुरोध गर्दछु।
२) बैठकमा प्रस्तुत हुने राजनैतिक र साङ्गठनिक प्रतिवेदनमाथि सहभागिहरुले राय राख्ने मात्र होईन प्रतिवेदनहरूलाई स्वीकार्ने/अस्वीकार गर्ने/ तोकिएका संसोधनसहित स्वीकार्न पाउने गरी भोटिङ राईट दिईनुपर्छ।
३) Genz आन्दोलन पछिको रास्वपालाई यथास्थितिमा रहेर वैकल्पिक शक्तिहरूलाई नसमेटी आसन्न चुनावमा एक्लै जाने छुट छैन। हामी उदार हुनुपर्छ। केन्द्रीय सचिवालय, पदाधिकारी, समितिको संरचना र नेतृत्वमा पुनरावलोकन पुनर्गठन गरेर वैकल्पिक शक्ति सबैको साझा प्लेटफर्म बन्नुपर्छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया