बिएल संवाददाता
शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै जेन–जी युनाइटेड समूहले आपत्ति जनाएको छ।
शनिबार पत्रकार सम्मेलन गर्दै जेन–जी युनाइटेडका अगुवाहरूले सरकारको विरोध गरेका हुन्।
जेन–जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरूलाई सरकारले ‘युनिफिकेशन’ हुने मौका नै नदिएको बताए। सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरूलाई विना शर्त तत्काल रिहा गर्न उनले माग गरे।
उनले भने, ‘हामी जेन–जीहरु आन्दोलन गर्दैगर्दा युनिफिकेशन हुनुपर्छ भन्न पनि नपाउनु? अब हुँदैन यसरी। सरकारले हाम्रा साथीहरूलाई छोड्नुपर्यो। हाम्रो मागहरू छिटो पूरा गर्नुपर्यो। हाम्रो युनिफिकेशन क्याम्पियन जहिलेसम्म पूरा हुँदैन, त्यतिबेलासम्म लागिरहने हो।’
त्यस्तै, अर्की अगुजा मन्जना राईले जेन–जीले बनाएको सरकारले जेन–जीलाई नै टुक्रा–टुक्रा बनाउन चाहेको टिप्पणी गरिन्।
‘हाम्रै आँखा अगाडि हाम्रा साथीहरूलाई लछारपछार गरेर लगिएको छ। जेन–जीले बनाएको सरकार छ। जेन–जीलाई नै टुक्रा–टुक्रा बनाउनको लागि बनाइएको सरकार हो त्यो?’ उनले प्रश्न गरिन्।
आफूहरूले भोलि पनि शान्तिपूर्ण कार्यक्रम गर्ने र यदि धरपकड भएमा पर्सिबाट देशभर नै रणनीति बनाएर अगाडि बढ्ने उनीहरूको भनाइ छ।
जेन–जी आन्दोलनका घाइते भुपेन्द्र खड्काले सरकारले जेन–जीहरूको शान्तिपूर्ण कार्यक्रम र आवाजलाई दबाउन खोजेको बताए। घाइते र सहिदहरूको रगतमा उभिएर बनेको सरकारले जेन–जीमाथि नै दमन गरिरहेको उनले बताए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया