बिएल संवाददाता
गाँजावादी अभियन्ता डा. निकोलस भुसालले जेन–जीको माग पूरा नगरे आगामी कार्तिक १६ गतेबाट अर्को विद्रोह सुरु हुने चेतावनी दिएका छन्।
शनिबार एक कार्यक्रमको आयोजना गरी उनले अन्तिम विद्रोहको तयारी पूरा भएको भन्दै जेन–जीका माग पूरा नभए अर्को सरकार गठन गर्ने बताएका हुन्।
‘हामीले १६ गतेदेखि अन्तिम विद्रोह, अन्तिम क्रान्ति गर्दैंछौ। त्यो रहरले हैन, कहरले हो। अहिलेको प्रधानमन्त्री, गृहमन्त्री तपाईंहरूले हिम्मत गर्नुस्। हामीले जेन–जीको रगतले तपाईंलाई बनाएका हौं,’ उनले भने, ‘आज माइतिघरमा जेन–जीको माग पूरा गर भन्दै गर्दा उनीहरूलाई प्रक्राउ गरेर लाने अधिकार कसले दियो? प्रधानमन्त्री सुशिला कार्की ज्यु तपाईंलाई त्यहाँ राखेको जेन–जीको माग पूरा गर्न हो।’
उनले १३ दिनमा सरकार परिवर्तन गरी अर्को संविधानको समेत तयारी गरिरहेको बताए। भुसालले अबको विद्रोहपछिको सरकारले किसानको उत्पादन किन्ने र किसानका समस्या समाधान गर्ने बताए।
‘देश गरिब हैन, म सम्पूर्ण किसानहरूलाई भन्छु तपाईंहरूको उत्पादन यो सरकारले किन्दिन्छ? छैन नि म किन्दिन्छु बाचा भो तपाईले जे फलाउनुहुन्छ सबै हामी किन्दिन्छौँ। मल चाइयो हामी दिन्छौँ,’ उनले भने।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया