बिएल संवाददाता
गाँजावादी अभियन्ता डा. निकोलस भुसालले जेन–जीको माग पूरा नगरे आगामी कार्तिक १६ गतेबाट अर्को विद्रोह सुरु हुने चेतावनी दिएका छन्।
शनिबार एक कार्यक्रमको आयोजना गरी उनले अन्तिम विद्रोहको तयारी पूरा भएको भन्दै जेन–जीका माग पूरा नभए अर्को सरकार गठन गर्ने बताएका हुन्।
‘हामीले १६ गतेदेखि अन्तिम विद्रोह, अन्तिम क्रान्ति गर्दैंछौ। त्यो रहरले हैन, कहरले हो। अहिलेको प्रधानमन्त्री, गृहमन्त्री तपाईंहरूले हिम्मत गर्नुस्। हामीले जेन–जीको रगतले तपाईंलाई बनाएका हौं,’ उनले भने, ‘आज माइतिघरमा जेन–जीको माग पूरा गर भन्दै गर्दा उनीहरूलाई प्रक्राउ गरेर लाने अधिकार कसले दियो? प्रधानमन्त्री सुशिला कार्की ज्यु तपाईंलाई त्यहाँ राखेको जेन–जीको माग पूरा गर्न हो।’
उनले १३ दिनमा सरकार परिवर्तन गरी अर्को संविधानको समेत तयारी गरिरहेको बताए। भुसालले अबको विद्रोहपछिको सरकारले किसानको उत्पादन किन्ने र किसानका समस्या समाधान गर्ने बताए।
‘देश गरिब हैन, म सम्पूर्ण किसानहरूलाई भन्छु तपाईंहरूको उत्पादन यो सरकारले किन्दिन्छ? छैन नि म किन्दिन्छु बाचा भो तपाईले जे फलाउनुहुन्छ सबै हामी किन्दिन्छौँ। मल चाइयो हामी दिन्छौँ,’ उनले भने।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया