बिएल संवाददाता
जेन–जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले ‘ओली सरकार’ले नियुक्त गरेका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको केही दिनमै एकजना राजदूतको नाम एकाएक चर्चामा छ।
ती राजदूत हुन् जापानबाट फिर्ता बोलाइएका डा. दुर्गाबहादुर सुवेदी (दुबसु)। सरकारले कार्तिक २० गतेभित्र फिर्ता आइसक्न निर्देशन दिएपछि उनी नेपाल फर्किने तरखरमा छन्। तर, नेपाल फर्किने बित्तिकै परराष्ट्रमन्त्री बन्ने चर्चाले राजनीतिक वृत्त एकाएक गर्माएको छ।
निवर्तमान परराष्ट्रमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणाका विश्वासपात्र हुन् दुबसु। आरजुकै कृपाले जापानको राजदूत बन्न सफल भएका उनी कार्यकाल पूरा नगरी नेपाल फिर्ता बोलाइएका छन्।
बेलायतको राजदूत छँदा आरजु र छोरा जयवीरको राम्रो खातिरदारी गरेको उपहारमा जापानको राजदूत पाएका दुबसु विवादरहीत छैनन्। परराष्ट्र सेवाका ‘डन’ कर्मचारी मानिन्छन् उनी।
दुबसु सबैलाई सबैतिर रिझाउन माहिर मानिन्छन्। उनी सत्ता र शक्तिका पुजारी हुन्।
जापानका लागि राजदूत नियुक्त भएपछि उनले आफ्नै लागि स्वागत समारोह र रात्रीभोज आयोजना गरेर जगत हँसाएका थिए। कांग्रेसको आशीर्वादमा राजदूत नियुक्त भएको खुसीयालीमा उनले कार्ड नै छपाएर कलाकर्मीदेखि नेताहरूलाई थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा भोज खुवाएका थिए।
त्यसअघि पनि शिष्टाचार महापाल बनेका बेला जाँडपार्टी आयोजना गरेर विवादमा परेका पात्र हुन् दुबसु।
उनलाई जापानबाट फिर्ता पठाउने निर्णयपछि जापानमा रहेका नेपालीहरूले खुसीयाली मनाइरहेका छन्। एनआरएनए जापानका पूर्वअध्यक्ष पारसमणि पोखरेलले त सामाजिक सञ्जाल स्टाट्स लेखेर राजदूत दुबसुलाई सरकारले फिर्ता बोलाएकोमा खुसी व्यक्त गरेका छन्।
उता जापानमा रहेका नेपालीहरूले राजदूत फिर्ता भएको खुसीयाली मनाउन नपाउँदै यता दुबसुका भाइ कृष्णकुमार सुवेदी (कृसु)ले भने परराष्ट्रमन्त्री बनाउन लबिङ थालेका छन्।
उनले दुबसु परराष्ट्रमन्त्री बन्नेतर्फ संकेत गर्दै फेसबुकमा लेखेका छन्, ‘कुनै कुनै निर्णयले त एक करियर डिप्लोम्याटले चाँडै मन्त्रालयकै नेतृत्व लिनु पर्ने दिन आउँदै छ।’
कृसु पनि परराष्ट्र सेवामै छन्। उनी तिनै पात्र हुन् जसले देउवा दम्पत्तीलाई अस्पतालको बेडमै पासपोर्ट पुर्याउन भूमिका खेलेकाे आराेप छ। उनै कृसुले सहोदर दाजु दुबसुलाई मन्त्री बनाउने अभियान थालेका हुन्।
यद्यपि कुनै समयका खुंखार कांग्रेस नेतासमेत रहेका प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदीलाई प्रयोग गरेर दाजु दुबसुलाई परराष्ट्रमन्त्री बनाउने कृसुको योजना सफल नहुने बालुवाटार स्रोत बताउँछ।
कांग्रेस छाडिसकेका सुवेदी र जेन–जी आन्दोलनपछि सुशासनका लागि भन्दै बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले यो प्रस्ताव सहजै स्वीकार्ने सम्भावना छैन।
सुशीला कार्कीले समाजमा प्रतिष्ठित व्यक्तिहरूलाई आफ्नो मन्त्रिमण्डलमा समावेश गर्ने स्पष्ट पारिसकेकाले विवादीत पात्रले स्थान नपाउने स्रोतले दाबी गर्यो।
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया