बिएल संवाददाता
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन्। मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेकी हुन्।
पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिक परामर्शको व्यवस्था गर्ने निर्णय गरिन्।
‘जेनजी आन्दोलनबाट प्रभावित सबै व्यक्तिहरूको लागि मनोसामाजिक परामर्श सेवाको व्यवस्थापन गर्ने पहिलो निर्णय भएको छ। यसको डिटेल हाम्रो विज्ञहरूबाट वर्कआउट हुन्छ त्यसपछि फेरि तपाईंहरूलाई बताउँछु,’ उनले भनिन् ।
साथै उनले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक दुबै प्रकारका भ्रष्टाचार अन्त्य गर्न निर्देशन दिएकी छिन्। गौतमले कुनै पनि किसिमको भ्रष्टाचार सह्य नहुने चेतावनी दिइन्।
उनका अनुसार अनावश्यक रूपमा आफन्त वा नातेदारलाई प्राथमिकता दिने, कार्यालयका काममा काखापाखा गर्ने जस्ता व्यवहार पनि भ्रष्टाचारकै रूप हुन्।
मन्त्री गौतमले स्वास्थ्य क्षेत्रलाई पारदर्शी र जनमुखी बनाउन सबै कर्मचारीलाई इमानदारीपूर्वक जिम्मेवारी वहन गर्न आग्रह गरेकी छन्।
उनले भनिन्, ‘कुनै पनि कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्। भ्रष्टाचार आर्थिक रुपमा पनि हुन्छ र प्रशासनिक रुपमा पनि हुन्छ। हामीले अनायासै रुपमा काखापाखा गर्ने कुराहरू पनि भ्रष्टाचारकै अंगहरू हुन्। त्यसकारण यस्तो चाँही नहोस् भनेर हामीले ख्याल गर्नुपर्छ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया