बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनावको म्यान्डेट पाएको अन्तरिम सरकारलाई अन्य काममा केन्द्रीत नहुन आग्रह गरेका छन्।
आइतबार गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा उनले वर्तमान सरकारको मुख्य काम चुनावको वातावरण सिर्जना गर्नु भएकाले अन्य कामभन्दा चुनाव गराउनेतर्फ केन्द्रीत हुन सुझाव दिएका हुन्।
‘यो अन्तरिम सरकारले अरू धेरै कुरा गर्छु भन्नुभन्दा चुनावी माहोल बनाउने तिर ध्यान केन्द्रित गरोस्,’ उनले भने, ‘मैले अहिले गृहमन्त्रीलाई तोकेर धेरै भन्न चाहन्नँ। तर, सुरक्षा र प्रशासन संयन्त्रलाई चुनाव केन्द्रीत गराउने जिम्मा गृहमन्त्रीकै छ। त्यसैले अरू कुरामा ध्यान दिनुभन्दा चुनाव गराउन केन्द्रीत हुनु उचित हुन्छ।’
उनले एमाले पनि चुनावमा जान तयार भइसकेको दाबी गर्दै तोकिएको समयमा शान्तिपूर्ण र निष्पक्ष रूपमा चुनाव सम्पन्न गराउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए।
उनले भने, ‘एमाले हिजोसम्म चुनावमा नजाने भन्ने थियो तर हिजोबाट चुनाव नै हो भन्न थालेको छ।’
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया