बिएल संवाददाता
कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेका छन्।
देउवाको सचिवालयका अनुसार देउवा दम्पती आज राति ११ बजेको उडानमार्फत सिंगापुर जान लागेका हुन्।
जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि सांघातिक हमला भएको थियो। देउवाको गर्धनमा १२ टाँका लगाइएको छ।
१२ वटै टाँका सिंगापुरमै निकाल्ने बताइएको छ। देउवा परिवारका अनुसार उनीहरू मानसिक रुपमा समेत प्रभावित भएका छन्।
विश्वस्त स्रोतका अनुसार देउवा दम्पती फेरि स्वदेश नफर्किने सम्भावना पनि छ। छोरा–बुहारी र सालाहरू हाल सिंगापुरमै रहेकाले देउवा दम्पती उतै बस्ने सम्भावना पनि उत्तिकै छ।
यता पनि देउवाले कार्यबाहक सभापति पूर्णबहादुर खडकालाई दिएर सक्रिय राजनीतिबाट विश्राम लिने सुर गरिसकेका छन्।
स्रोतका अनुसार देउवा दम्पतीले सिंगापुरबाट अमेरिकाको भिसा पनि लगाइसकेका छन्। सिंगापुरमा केही समय बसेपछि त्यहाँबाट सिंगापुर जाने स्रोतको दाबी छ।
उमेर र स्वास्थ्य अवस्थाको कारण देउवा दम्पतीलाई देशबाहिर जान दिने गरी सरकारसँग छलफल भइरहेको बताइन्छ। देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेकोले यसअघि उनीहरूलाई देश छोड्न समेत रोक लगाइने चर्चा थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया