बिएल संवाददाता
कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेका छन्।
देउवाको सचिवालयका अनुसार देउवा दम्पती आज राति ११ बजेको उडानमार्फत सिंगापुर जान लागेका हुन्।
जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि सांघातिक हमला भएको थियो। देउवाको गर्धनमा १२ टाँका लगाइएको छ।
१२ वटै टाँका सिंगापुरमै निकाल्ने बताइएको छ। देउवा परिवारका अनुसार उनीहरू मानसिक रुपमा समेत प्रभावित भएका छन्।
विश्वस्त स्रोतका अनुसार देउवा दम्पती फेरि स्वदेश नफर्किने सम्भावना पनि छ। छोरा–बुहारी र सालाहरू हाल सिंगापुरमै रहेकाले देउवा दम्पती उतै बस्ने सम्भावना पनि उत्तिकै छ।
यता पनि देउवाले कार्यबाहक सभापति पूर्णबहादुर खडकालाई दिएर सक्रिय राजनीतिबाट विश्राम लिने सुर गरिसकेका छन्।
स्रोतका अनुसार देउवा दम्पतीले सिंगापुरबाट अमेरिकाको भिसा पनि लगाइसकेका छन्। सिंगापुरमा केही समय बसेपछि त्यहाँबाट सिंगापुर जाने स्रोतको दाबी छ।
उमेर र स्वास्थ्य अवस्थाको कारण देउवा दम्पतीलाई देशबाहिर जान दिने गरी सरकारसँग छलफल भइरहेको बताइन्छ। देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेकोले यसअघि उनीहरूलाई देश छोड्न समेत रोक लगाइने चर्चा थियो।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया