बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र छलफलका क्रममा फरक मत आउनुलाई अनावश्यक प्रचारको विषय बनाउन नहुने बताएका छन्।
सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शर्माले पार्टीभित्र फरक मत आउनुलाई स्वभाविक रूपमा लिनुपर्ने बताए।
उनले भने, ‘फरक मतमा कांग्रेसले छलफलबाट निष्कर्ष निकाल्छ। नेपाली कांग्रेस पार्टी कसैले विग्रह होला भनेर कसैले सोचेको छ, कसैले धूप बालेको छ भने विल्कुलै नसोचे हुन्छ। मैले व्यक्तिगत विश्वप्रकाशले बोलेको होइन। नेपाली कांग्रेसको महामन्त्रीको हैसियतले सबै शुभचिन्तकलाई भन्छु कांग्रेस एक ढिक्का रहन्छ।’
‘केन्द्रीय समितिले हस्ताक्षर र आम निर्वाचनलाई पनि ख्याल गर्नुपर्छ। र राष्ट्रिय आवश्यकतालाई बुझेर कांग्रेस एक भएर जानुपर्ने कुरालाई पनि उत्तिकै ध्यान दिएर निर्णय गर्नुपर्छ,’ उनले भने।
उनले परिस्थित बदलिएसँगै कांग्रेस पनि बदलिएर समाज बदल्ने बाटोमा लाग्ने आश्वस्त पारे।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया