बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का नेता हितबहादुर तामाङले नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारमा गएर गल्ती गरेको बताए।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘संसद् पुनर्स्थापना कि निर्वाचन?’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यदि २३ गते कांग्रेसले समर्थन फिर्ता लिएको भए सबैभन्दा ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना हुनेमा केपी ओलीको ब्ल्याकमेलिङमा परेर शेरबहादुर देउवाले प्रधानमन्त्री हुने मौका गुमाएको बताए।
उनले भने, ‘यदि प्रचण्ड नेतृत्वको सरकारलाई यथावत राख्ने हो भने आरजु देउवा पनि थुनिने डर भयो र अरु–अरु नेताहरू पनि थुनिने डर भयो। त्यसकारण उहाँहरूलाई थुन्न दिने हो कि मेरो नेतृत्वको सरकारलाई समर्थन गर्ने हो भनेर ओलीले ब्ल्याकमेलिङ गर्नुभयो। त्यो ब्ल्याकमेलिङको कारणले गर्दा उहाँहरू सरकारमा जानुभयो। जब २३ गते १९ जना विद्यार्थीहरूको ज्यान गइसकेपछि उहाँहरूले सरकारलाई दिएको समर्थन मात्रै फिर्ता गर्नुभएको भए शेरबहादुर देउवाजीको त्यो हालत हुँदैन थियो।’
नेता तामाङले अब माओवादी केन्द्रले निर्वाचनको विकल्प नदेखेको बताए। तर, सरकारले चुनाव निष्पक्ष हुने, नागरिकहरूले स्वतन्त्र ढंगले निर्वाचनमा भाग लिन पाउने र निर्वाचन शान्तिपूर्ण हुने कुरा नागरिक समाज र राजनीतिक दललाई विश्वास दिलाउन सक्नुपर्ने बताए। अहिलेको अवस्थामा चुनावको लागि विश्वस्त वातावरण बनिनसकेको उनको भनाइ छ।
‘चुनावको निमित्त राजनीतिक दल र नागरिक समाजलाई विश्वस्त तुल्याउनुपर्छ। चुनाव निष्पक्ष हुन्छ, स्वतन्त्र ढंगले नागरिकहरूले निर्वाचनमा भाग लिन पाउँछन् र निर्वाचन शान्तिपूर्ण ढंगले हुन्छ भन्ने कुरा राज्यको संयन्त्रलाई पनि त्यो विश्वास हुनुपर्यो। राजनीतिक दल, नागरिक समाज र अहिलेको नयाँ सन्दर्भमा जेन–जीलाई पनि त्यो लाग्नुपर्छ,’ उनले भने, ‘चुनावको विकल्प त छैन, किनभने संसद् विघटन गरिसकिएको छ। संसद् नभएपछि तोकिएको मितिभित्र निर्वाचन नगरिकन हुँदैन। त्यसको निमित्त हामी जुनसुकै परिस्थितिको सामना गरेर, राज्यलाई जुनसुकै सहयोग गर्नुपर्छ भने पनि गरेर निर्वाचनमा जानुपर्छ भनेर माओवादी केन्द्रले भनिराखेको छ । तर, विश्वस्त वातावरण निर्माण हुन सकेको छैन।’
जेन–जीहरुले प्रश्न उठाइरहेका मान्छेहरूलाई कारबाहीको दायरामा नल्याइएको, अनुसन्धान पनि नभएको, सुरक्षाकर्मीहरूको हतियार खोसिएको, भागेका कैदीबन्दीलाई नियन्त्रणमा नलिइएको अवस्थामा निर्वाचन हुन्छ कि हुँदैन भन्ने संशय पैदा भएको उनले बताए।
जेन–जीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी भनिराखेको र उक्त कुरा माओवादीले २० वर्ष पहिलादेखि भन्दै आएको पनि नेता तामाङले बताए। संसद्बाटै यो कुरालाई संवैधानिक हिसाबले हल गरेर संसद् भंग गर्नुपर्नेमा जेन–जीहरूको आन्दोलन हाइज्याक भएर हतारमा संसद् विघटन गरिएको उनले बताए।
नेता तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारीको निमित्त गोलमेच सम्मेलन गरेर संसद् व्यूँत्याएर त्यसपछि संविधान संशोधन गर्नुपर्ने धारणा राखे। उनले त्यसको निमित्त माओवादी केन्द्र तयार रहेको उनले बताए। ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निमित्त संवैधानिक व्यवस्था गरेर बरु तुरुन्तै संसद् विघटन गर्ने एजेण्डाको सुनिश्चिततासहित गोलमेच सम्मेलनको आयोजना गर्ने हो भने त्यो राम्रो हुन्छ,’ उनले भने।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण जेन–जी आन्दोलन भएको, ७६ जनाले ज्यान गुमाएको र खर्बौंको क्षति भएको उनको आरोप छ।
भदौ २३ गतेको जेन–जी आन्दोलनमा २३ जना अवोध विद्यार्थीको हत्या भइसकेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता नलिएर ठूलो गल्ती गरेको उनले बताए।
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया