बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीसँग ‘जेनजी युनाइडेट फर परिवर्तन’ का प्रतिनिधिहरूले छलफल गरेका छन्।
मंगलबार सिंहदरबारमा ९ जना प्रतिनिधिहरूले प्रधानमन्त्रीसँग छलफल गरेका हुन्।
‘जेनजी युनाइडेट फर परिवर्तन’ की प्रतिनिधि सदिक्षा राईले प्रधानमन्त्रीलाई भेटेर आफूहरूले अपिल पत्र बुझाएको बताइन्।
उनले भनिन्, ‘एकताबद्ध राख्नका लागि सरकारका तर्फबाट पहल गरिदिनुपर्यो। हामीलाई त्यतिले मात्रै पुग्दैन हामीलाई सरकारको सर्पोट चाहिन्छ। हामीले अपिल पत्र पनि प्रधानमन्त्रीलाई बुझाएका छौं। त्यसमा युनाइडेट हुन हामीलाई सहयोग गरिदिनुहोस् भनेका छौं। किनभने जेनजी विद्रोहबाट उत्पन्न भएको सरकार हो यही सरकारले अभिभावकत्व दिन सक्नुपर्छ।’
छलफलमा जेनजी आन्दोलका घाइते, शहीद परिवारका सदस्यहरू पनि सहभागी थिए।
उनीहरूले विशेषगरी जेनजीहरूलाई एकताबद्ध राख्नका लागि सरकारका तर्फबाट पहल हुनुपर्ने माग राखेका छन्।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया