बिएल संवाददाता
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूसँगको वार्तामा पूरै समय खेर फालिरहेको टिप्प्णी गरेका छन्।
बुधबार मानवअधिकार आयोगका अध्यक्षसँगको वार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पाँच हजार जेनजीहरू अहिले मन्त्रीबन्ने लाइनमा रहेको भन्दै जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको बताए।
उनले भने, ‘अहिलेको सरकारको हालत के छ थाहा छ? पाँच हजार जेन–जीहरू अहिले मन्त्री बन्न लाइनमा छन्। जेन–जीसँग वार्ता मिलाउँदा मिलाउँदै अहिले प्रधानमन्त्रीको टाईमपास भइरहेको छ। बसेर उठ्न नसक्ने हालत प्रधानमन्त्रीको छ।’
त्यस्तै उनले बालेन साहले अहिले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुपर्छ भन्दै हिडेको भन्दै ‘एकदिन जोगाइदिनुपर्यो’ भनेर बालेन आफ्नो शरणमा आउने दाबी गरे।
‘बालेन साहले अहिले दुर्गा प्रसाईलाई खेद्दै हुनुहुन्छ, पक्राउ गर्नुपर्यो भन्दै हुनुहुन्छ। यो बालेनको मात्र देश हो? हाम्रो होइन? जे पनि राम्रो कुरा बालेनले घरबाट ल्याएर बनाएको भन्ने खालको नारा फिजाउँदै हिडेका छन्। बालेनपनि एकदिन मेरो घरमा आउनुपर्छ मलाई जोगाइदिनुहोस् भनेर।’
त्यस्तै, उनले आगामि मंसिर ७ गतेदेखि हुने व्यवस्था परिवर्तनको आन्दोलनमा कुनै किसिमको अराजक गतिविधि नहुने पनि जानकारी दिए।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया