बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टी (नाउपा) छोडेको घोषणा गरेका तत्कालिन संरक्षक रेशम चौधरीले नयाँ दल दर्ताको निवदेन दिएका छन्।
बिहीबार दिउँसो रेशमसहित नेताहरूले निर्वाचन आयोग पुगेर दल दर्ताको निवेदन दिएका हुन्।
पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी, नेपाल राखिएको छ। पार्टीको चुनाव चिह्न जाँतो माग गरिएको छ।
पार्टी हाँक्ने जिम्मा भने जेन–जीको काँधमा दिइएको छ। चौधरीले कैलाली टीकापुरका २८ वर्षीय कबीर सोपलाई पार्टी अध्यक्षमा प्रस्ताव गरेर नयाँ दल दर्ताको लागि निवेदन दिएका छन्। कबीर नाताले रेशमको आफ्नै भान्जा हुन्।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले भान्जालाई नाउपानेको अध्यक्ष भएकोमा बधाई दिएकी छन्। उनले भनेकी छन्, ‘नागरिक उन्मुक्ति पार्टी नेपालको अध्यक्ष भएकोमा भान्जा कविरलाई धेरै धेरै शुभकामना।’
यसअघि आफैंले बनाएको नाउपा आफ्नै श्रीमती रञ्जिता श्रेष्ठले कब्जा गरेपछि रेशमले ‘आफ्नै मेहनतले बनाएको पार्टीमा अटाउन नसकेको’ भन्दै परित्याग गरेका थिए।
पछिल्लो समय पार्टीमा एउटा समूहले अर्को समूहलाई कारबाहीको श्रृंखला चलिरहेको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया