बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा महामन्त्री गगन थापा उपस्थित नभएका हुन्।
जेन–जी आन्दोलनपछि सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। आगामी मंसिरमा महाधिवेशन गर्ने गगन पक्षको माग र फागुन २१ गतेको निर्वाचनपछि महाधिवेशन गर्ने संस्थापन पक्षको अडानले कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ।
आजको बैठक अघि कार्यवाहक सभापति खड्काले दुवै महामन्त्रीसँग फोन सम्पर्क गरेर बैठकबारे छलफल गरेका थिए। महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले मङ्सिरमा गर्ने गरी महाधिवेशनको कार्यतालिका ल्याउन प्रस्ताव गरेका थिए।
महामन्त्रीद्वयको प्रस्ताव खड्काले ठाडै अस्वीकार गरेपछि महामन्त्री थापाले बैठक नै बहिष्कार गरेको एक केन्द्रीय सदस्यले भने। नेताहरूका अनुसार थापाले अघोषित रुपमा बैठक बहिष्कार गरेका हुन्।
नेताहरूले गगनलाई बैठकमा खोजीनीति गर्दा कतै फेला नपारेको बताएका छन्।
महामन्त्री थापाले मंसिर २७ देखि २९ गतेसम्म पार्टीको १५औ महाधिवेशन गर्ने गरी ल्याएको प्रस्ताव संस्थापन पक्षले अस्वीकार गर्दा केन्द्रीय समितिमा प्रस्तुत नै हुन सकेको छैन।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया