बिएल संवाददाता
आगामी मंसिरमा पोखरामा हुने भनिएको नेकपा एमालेको ११औं महाधिवेशन स्थल परिवर्तन भएको छ।
शनिबार अध्यक्ष केपी ओलीको डेरा गुण्डुमा बसेको सचिवालय बैठकले महाधिवेशन काठमाडौंमै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
यसअघि आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा महाधिवेशन गर्ने एमालेले तयारी गरेको थियो।
गुण्डु निकट स्रोतका अनुसार पूर्वप्रधानमन्त्री ओलीलाई सरकारले उपत्यका छोड्न प्रतिबन्ध लगाएका कारण महाधिवेशन स्थल परिवर्तन गरिएको हो।
सर्वोच्च अदालतले पनि ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई उपत्यका छोड्न लगाइएको प्रतिबन्ध हटाउन माग गर्ने दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि ओली ओली हच्किएका छन्।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया