बिएल संवाददाता
नेपाली कांग्रेसभित्र संस्थापन पक्षधर र महाधिवेशन पक्षधरबीचको विवाद उत्कर्षमा पुगिरहेका बेला केन्द्रीय समिति बैठक बस्न सकेको छैन।
शुक्रबार बस्दै नबसी स्थगित बैठक आइतबार पनि बस्दै नबसी स्थगित भएको हो।
आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक अन्तिम समयमा सूचना टाँसेर स्थगित गरियो। बैठक स्थगित भएपछि पार्टी केन्द्रीय कार्यालय अगाडि कार्यकर्ताले नाराबाजी गरेका छन्।
कांग्रेसका ४० वर्षमुनिका युवाहरूले बैठक लगातार स्थगित गरिएको भन्दै केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरुले नियमित महाधिवेशन गर्न वा तत्काल केन्द्रीय समिति भंग गर्न माग गरेका छन्।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ। उक्त बैठक कार्तिक १८ गते मंगलबार दिउँसो १ः०० बजे बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ मूख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा भनिएको छ।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया