बिएल संवाददाता
नेपाली कांग्रेसभित्र संस्थापन पक्षधर र महाधिवेशन पक्षधरबीचको विवाद उत्कर्षमा पुगिरहेका बेला केन्द्रीय समिति बैठक बस्न सकेको छैन।
शुक्रबार बस्दै नबसी स्थगित बैठक आइतबार पनि बस्दै नबसी स्थगित भएको हो।
आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक अन्तिम समयमा सूचना टाँसेर स्थगित गरियो। बैठक स्थगित भएपछि पार्टी केन्द्रीय कार्यालय अगाडि कार्यकर्ताले नाराबाजी गरेका छन्।
कांग्रेसका ४० वर्षमुनिका युवाहरूले बैठक लगातार स्थगित गरिएको भन्दै केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरुले नियमित महाधिवेशन गर्न वा तत्काल केन्द्रीय समिति भंग गर्न माग गरेका छन्।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ। उक्त बैठक कार्तिक १८ गते मंगलबार दिउँसो १ः०० बजे बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ मूख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा भनिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया