बिएल संवाददाता
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले औपचारिक मान्यता प्रदान गरेको छ। आयोगले आइतबार पार्टीलाई मान्यता दिएको हो।
मान्यता प्राप्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेयर साम्पाङले आफ्नो पार्टी श्रम, उत्पादन र सामाजिक रुपान्तरणको एजेण्डा लिएर अघि बढ्ने बताए।
उनले भने, ‘हाम्रो एजेण्डा काम गर्ने हो। जुन काम आजसम्म यो देशमा भएन, त्यही काम गर्ने हो। उत्पादन, निर्माण र सामाजिक रुपान्तरणका लागि हामी फिल्डमा निस्केर काम गर्छौं। आजसम्म यो देशमा नभएको काम गर्नेछौं।’
श्रम संस्कृति पार्टी अफिसमा बसेर भाषणमा सीमित नहुने र प्रत्यक्ष फिल्डमा गएर श्रमद्वारा परिवर्तन ल्याउने संगठन हुने हर्कको दाबी छ।
‘म यो देशको एक्लो अभियन्ता थिएँ, अब हामी सबै मिलेर देश उठाउनुपर्छ,’ उनले भने, ‘पहिले म धरानमा मात्र श्रमदान गर्थें, अब देशभर श्रमदान गर्न पाउने भएकोमा अत्यन्त खुसी छु।’
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया