बिएल संवाददाता
अन्तरिम सरकारका उर्जामन्त्री कुलमान घिसिङले आफ्नै नेतृत्वमा पार्टी दर्ता गर्न लागेका छन्।
आगामी निर्वाचनका लागि दल दर्ता गर्ने समयसीमा केही दिनमात्र बाँकी रहेको अवस्थामा घिसिङले नयाँ वैकल्पिक पार्टी निर्माणको कसरत थालेका उनीनिकट स्रोतले बतायो।
स्रोतका अनुसार कुलमानले अहिले नै पार्टीको नेतृत्व भने गर्ने छैनन्। फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको केही हप्ताअघि मन्त्रीबाट राजीनामा गरेर पार्टीको नेतृत्व गर्नेछन्।
कुलमान निकट स्रोत भन्छ, ‘फाइनल भइसकेको छैन। हिजो गहन छलफल भयो। कुलमानजीको समर्थनमा त्रिविका एकजना प्राध्यापकको नाममा तत्काल पार्टी दर्ता गर्ने भन्ने छ। तत्काल पार्टी दर्ता नगरे निर्वाचनमा भाग लिन नपाइने भएकाले केही हप्तामै दल दर्ता गर्नुपर्ने बाध्यता छ।’
उनका अनुसार कार्तिक १९ गते दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी छ। पार्टीको नाम फाइनल भइनसके पनि चुनाव चिह्नको टुंगो लागिसकेको छ।
कुलमानले सञ्चालन गरेको ‘उज्यालो नेपाल’ अभियानलाई नै पार्टी पार्टीको रुप दिने बारे प्रमुख चर्चा भएको बुझिएको छ। ‘उज्यालो नेपाल’मा सहमति नजुटे नेपाल विकास दल वा विकासवादी दल राख्न सकिने विकल्पमा पनि छलफल भएको बुझिएको छ।
चुनाव चिह्न भने ‘बिजुलीको चिम’ राख्ने सहमति भइसकेको छ।
पार्टी खोल्ने विषयमा कुलमानसँग रास्वपाकी पूर्वसांसद सुमना श्रेष्ठ, सागर ढकाल, सुदन गुरुङ, प्रवेश दाहाललगायतसँग छलफल भएको स्रोतले बतायो।
उनीहरूले काठमाडौंका मेयर बालेन्द्र साह उर्फ बालेनको पनि समर्थन लिने प्रयास गरिरहेको बुझिएको छ। बालेन औपचारिक रुपमा पार्टीमा आवद्ध नभए पनि नैतिक समर्थन दिएमात्रै पनि पार्टीलाई वैकल्पिक शक्तिका रुपमा उभ्याउन सकिने उनीहरूको अपेक्षा छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया