बिएल संवाददाता
सरकारले गत भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा मारिएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले बताए।
उनले भने, ‘सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेन–जी पुस्ताद्वारा २०८२ भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न स्थानमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ, अन्य थपको पनि अध्ययन हुँदैछ।’
सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेनजी पुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा काठमाडौंलगायत मुलुकभर ७६ जनाले ज्यान गुमाएका थिए।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया