बिएल संवाददाता
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनसम्बन्धी कार्य तालिका व्यक्तिगत भएको बताएका छन्।
जारी केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले महाधिवेशनसम्बन्धी पेस भएको दुई वटा कार्यतालिका व्यक्तिगत भएको धारणा राखेको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए।
उनले भने, ‘दुई वटा कार्यतालिका पार्टीको भन्दापनि व्यक्तिगत रुपमा आएका कार्यतालिका हुन्। जिम्मेवारी र भूमिका केन्द्रीय सदस्यहरूले गरे। सह–महामन्त्रीले गरे। त्यो व्यक्तिगत कार्यतालिका हुन् भनेर पार्टीको कार्यवाहक सभापतिले भनिसक्नुभएको छ।’
त्यस्तै, उनले देश साच्चै अप्ठ्यारोमा भएको बेला सरकारले निर्वाचन घोषणा गरेको भन्दै त्यो निर्वाचनबाट कांग्रेस भाग्यो भने निर्वाचन हुन नसक्ने बताए । कांग्रेसले निर्वाचनमा भाग लिएर मूलुकलाई स्थिरतातिर लैजाने उनको भनाई छ।
‘अब उचित समाधान खोज्ने हो। देश साँच्चै अप्ठ्यारोमा भएको बेला सरकारले निर्वाचन घोषणा गरेको छ त्यो निर्वाचनबाट कांग्रेस भाग्यो भने निर्वाचन हुन सक्ला त? त्यसो भएर निर्वाचनमा भाग लिएर मूलुकलाई स्थिरतातिर लैजानु छ त्यही कुरामा कांग्रेस पुग्छ,’ उनले भने।
मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन र इतर पक्षले पार्टीको १५औं महाधिवेशनको फरक–फरक मिति प्रस्ताव गरेका थिए।
महामन्त्री गगन थापाले प्रस्तुत गरेको आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्तावको काउन्टरमा संस्थापन पक्षबाट सह–महामन्त्री महेन्द्र यादवले आगामी वैशाख २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया