बिएल संवाददाता
तत्कालिन नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताकै दिन महासचिव घनश्याम भुसालसहित ६ नेतालाई कारबाही गरेका छन्।
कार्तिक १९ गते १० बाम घटकको एकताअघि सचिवालय बैठक बोलाएर अध्यक्ष नेपालले भुसाल, रामकुमारी झाँक्रीसहित नेताहरूलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेका हुन्।
महासचिव भुसाल, झाँक्रीसहित दामोदर अर्याल, नन्दलाल बञ्जाडे, धर्मराज निरौला र किसान श्रेष्ठलाई पार्टीबाट निष्कासनमा परेका हुन्।
बुधबार गरिएको कारबाही बिहीबार मात्र सार्वजनिक गरिएको छ। झाक्रीनिकट नेताहरूले बुधबारको मिति राखेर बिहीबार विज्ञप्ति निकालिएको दाबी गर्दै कारबाहीले आफूहरूलाई कुनै फरक नपर्ने भनेका छन्।
झाँक्री, श्रेष्ठलगायत नेताहरू एमाले प्रवेशको तयारीमा छन्। भुसालले भने पार्टी पुनर्गठन घोषणा गर्दै मंसिर पहिलो साता बस्नेगरी राष्ट्रिय भेला बोलाएका छन्।

अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया