बिएल संवाददाता
‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल एमालेको नेताजस्तो लाग्न थालेको बताएका छन्।
खड्का ल्यान्डले स्काउटको जग्गा हडपेर बनाएका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै पुगेका गुरुङले जेनजीको माग पूरा गर्न गृहमन्त्रीले सहयोग नगरेको आरोप लगाए।
गृहमन्त्री अर्यालको एजेण्डा चुनावमात्र रहेको भन्दै गुरुङले देशलाई न्याय नभएसम्म चुनाव हुन नदिँने चेतावनी दिए।
उनले भने, ‘बाँकी मन्त्रालयहरुले काम गरिरहेको छ। गृह मन्त्रालयले काम गर्न सकेको छैन्। उहाँको एजेण्डा भनेको चुनावमात्र रहेछ। हाम्रो एजेण्डा भनेको देशलाई न्याय दिने र व्यवस्था परिवर्तनको हो। हालको व्यवस्था र अवस्थामा चुनावमा जान सकिन्छ त ? देशलाई न्याय नभई वा हामीलाई न्याय नभई चुनाव हुनै दिँदैनौँ। उहाँले त जेनजीहरूलाई समातिराख्नु भएको छ। पोलिटिकल पार्टीकाहरूलाई छोएको पनि छैन। मलाई त कहिले कहिले उहाँ (गृहमन्त्री) त एमालेको पो हो कि जस्तो लाग्छ।’
उनले फाट्टफुट्ट देखिएका १०–१५ जना जेनजीहरू वडातहसम्मै समिति बनाएर जान नसक्ने खालको रहेको भन्दै आफूहरूले वडासम्मै समितिहरू बनाइसकेको दाबी गरे।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया