बिएल संवाददाता
‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल एमालेको नेताजस्तो लाग्न थालेको बताएका छन्।
खड्का ल्यान्डले स्काउटको जग्गा हडपेर बनाएका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै पुगेका गुरुङले जेनजीको माग पूरा गर्न गृहमन्त्रीले सहयोग नगरेको आरोप लगाए।
गृहमन्त्री अर्यालको एजेण्डा चुनावमात्र रहेको भन्दै गुरुङले देशलाई न्याय नभएसम्म चुनाव हुन नदिँने चेतावनी दिए।
उनले भने, ‘बाँकी मन्त्रालयहरुले काम गरिरहेको छ। गृह मन्त्रालयले काम गर्न सकेको छैन्। उहाँको एजेण्डा भनेको चुनावमात्र रहेछ। हाम्रो एजेण्डा भनेको देशलाई न्याय दिने र व्यवस्था परिवर्तनको हो। हालको व्यवस्था र अवस्थामा चुनावमा जान सकिन्छ त ? देशलाई न्याय नभई वा हामीलाई न्याय नभई चुनाव हुनै दिँदैनौँ। उहाँले त जेनजीहरूलाई समातिराख्नु भएको छ। पोलिटिकल पार्टीकाहरूलाई छोएको पनि छैन। मलाई त कहिले कहिले उहाँ (गृहमन्त्री) त एमालेको पो हो कि जस्तो लाग्छ।’
उनले फाट्टफुट्ट देखिएका १०–१५ जना जेनजीहरू वडातहसम्मै समिति बनाएर जान नसक्ने खालको रहेको भन्दै आफूहरूले वडासम्मै समितिहरू बनाइसकेको दाबी गरे।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया