बिएल संवाददाता
बझाङ निर्वाचन क्षेत्र नं.१ स्थित अति विकट उच्च हिमाली क्षेत्रका मतपेटिकाहरू अझै सदरमुकाम चैनपुर ल्याउन सकिएको छैन।
शनिबार भएको मतदानपछि केही स्थानको मतपेटिका सङ्कलन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरत शाहले चीनको तिब्बतसँग जोडिएको उच्च हिमाली क्षेत्र साइपाल गाउँपालिकास्थित याकुरी डाँडा, यारङकुरिङ, धुली र काँडाको मतपेटिका आउन बाँकी रहेको बताएकाे छ।
नेपाली सेनाको हेलिकप्टर मतपेटिका लिन बिहान ७ बजे सो स्थानतर्फ गएको जानकारी दिए।
सबै ठाउँका मत पेटिका आएपछि मतगणना सुरु हुने बताइएको छ।बझाङमा भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत मत अर्थात ३० हजार ३२८ मत खसेको थियो। ६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३२८ जनाले मतदान गरेका हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया