
बिएल संवाददाता
बझाङ निर्वाचन क्षेत्र नं.१ स्थित अति विकट उच्च हिमाली क्षेत्रका मतपेटिकाहरू अझै सदरमुकाम चैनपुर ल्याउन सकिएको छैन।
शनिबार भएको मतदानपछि केही स्थानको मतपेटिका सङ्कलन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरत शाहले चीनको तिब्बतसँग जोडिएको उच्च हिमाली क्षेत्र साइपाल गाउँपालिकास्थित याकुरी डाँडा, यारङकुरिङ, धुली र काँडाको मतपेटिका आउन बाँकी रहेको बताएकाे छ।
नेपाली सेनाको हेलिकप्टर मतपेटिका लिन बिहान ७ बजे सो स्थानतर्फ गएको जानकारी दिए।
सबै ठाउँका मत पेटिका आएपछि मतगणना सुरु हुने बताइएको छ।बझाङमा भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत मत अर्थात ३० हजार ३२८ मत खसेको थियो। ६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३२८ जनाले मतदान गरेका हुन्।
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
‘भाषा, पुस्तक र व्यवहार नै जीवन’ (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया