बिएल संवाददाता
प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ।
हालसम्म फाकफोकथुम, चुलाचुली, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाको मतगणना सकिएको छ। प्राप्त मतपरिणामअनुसार कूल ३२ हजार एक सय ९४ मतगणना हुँदा एमाले उम्मेदवार नेम्वाङले १३ हजार ६९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले आठ हजार तीन सय ८६ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले आठ हजार ९८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले एक हजार सात सय १३ मत प्राप्त गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राईले दुई सय ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले दुई सय ८५ मत प्राप्त गरेका छन्।
कूल एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया