बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले अझै धेरै मत गणना गर्न बाँकी रहेकाेले जित्ने सम्भावना जीवितै रहेकाे बताएका छन्।
इलाम- २ काे हालसम्मकाे मत परिणामअनुसार मिलन चाैथाे स्थानमा रहेका छन्। उनले २ हजार ७५ मत प्राप्त गरेका छन्।
त्यस्तै पहिलाे स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले १४ हजार ६ सय १३, दाेस्राे स्थानमा रहेका नेपाली काँग्रेसका डम्बर खड्काले ८ हजार ५ सय ७० र तेस्राे स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ५ सय ७० मत प्राप्त गरेका छन्।
यद्यपि, उनले जित्ने सम्भावना जीवितै रहेकाे बिएल नेपाली सेवासँगकाे कुराकानीमा बताए। ‘जनताले जति मत दिनु भयाे त्यति पाउने हाे,’ मिलनले भने, ‘अझै धेरै मत गणना गर्न बाँकी छ। अझै आशावादी छाैँ।’
उनले जनताकाे प्रत्येक मत आशा र भराेसाकाे भएकाे बताउँदै आफूमाथि भराेसा राख्ने सबैलाई धन्यवाद दिए।
त्यस्तै उनले निर्वाचनमा हारे पनि जिते पनि रास्वपा र राजनीति नछाेड्ने र जीवनभर इलामेली जनताकाे सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘म पार्टीमा लागेर सदस्यता लिइसकेकाे छु। अब अरु काम गर्ने भन्ने हुँदैन मैले पत्रकारिता पनि छाेडिसकेँ अब राजनीतिलाई निरन्तरता दिन्छु, इलामेली जनताकाे सेवा गर्छु,’ मिलनले भने।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया