बिएल संवाददाता
रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीको एक कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा लिएर काठमाडौं लगिएको छ।
सोमबार कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा लिएर काठमाडौं लगिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए। वडा कार्यालय नजिकै रहेको कालिज फार्मको जाली तोडेर सो चितुवा फार्म भित्र छिरेको थियो।
कालिज फार्ममा चितुवा छिरेपछि गाउँलेहरु त्रसित भएका थिए। चितुवा फार्ममा छिर्ने बित्तिकै त्यसका सञ्चालक नीरज खड्काले माथिल्लो भागको कालिज फार्मको ढोका खोलिदिए पछि चितुवा खुल्ला ठाउँ देखेर माथिल्लो पट्टिको भागमा छिर्ने बित्तिकै त्यो ढोका बन्द गरिदिएकाले चितुवा बन्धक बनेको थियो भने कालिज उडेर जोगिएका थिए।
कालिज फार्म भित्र बन्धक बनेको चितुवालाई सोमबार काठमाडौंबाट गएको वन विभागको प्राविधिक सहितको टोलीले लट्याएर नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिने क्रममा चितुवा सामान्य घाइते भएको छ । उसको आँखा र शरीरका केही भागमा सामान्य चोट लागेको अध्यक्ष श्रेष्ठले बताए। चितुवालाई सोमबार साँझ काठमाडौं लगिएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया