बिएल संवाददाता
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले बेसहारा नागरिकलाई राज्यस्तरबाट संरक्षण हुनुपर्नेमा जोड दिएकी छन्।
सडक आश्रित मानवरहित नेपालको लक्ष्यसहित सुनसरीको इटहरीबाट सञ्चालित ‘माया घर, नेपाल’ को राष्ट्रिय अभियानको थालनी गर्न आज काठमाडौँमा आयोजित मानवता प्रवर्द्धन विषयक कार्यशालामा उपसभामुख रानाले सामाजिक क्षेत्रबाट बेसहारा नागरिकका लागि हुँदै आएको सहयोगको प्रशंसा गरिन्।
उनले स्थानीय तहको सहकार्यमा सडकआश्रित मानवको सहारामा कार्य गर्ने संस्थाका लागि भवन बन्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले मानवता नै धर्म भएकाले विभिन्न बाध्यताले सडकमा जीवन बिताउन विवशहरूका लागि सहयोग गर्नु सरकार र हरेक नागरिकको कर्तव्य भएको बताए।
‘माया घर नेपाल’ अध्यक्ष सुभद्रा प्याकुरेलले बेसहारा नागरिकलाई संरक्षणका साथै सीप सिकाएर उनीहरुको पुनः जीवन र परिवारमा पुनः मिलनका लागि आफूहरूले विगत सात वर्षदेखि कार्य गर्दै आएको जनाइन्। सो संस्थामा हालसम्म ६२ जिल्लाका आठ हजार बढीले सेवा लिइसकेका छन् भने हाल एक सय ४२ जना आश्रित छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया