बिएल संवाददाता
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईमा भएको त्रिदेशीय शृंखलामा नेपाल जितविहीन बनेको छ।
बुधबार सम्पन्न अन्तिम खेलमा घरेलु टिम यूएईसँगको चार विकेटको हारसँगै नेपालको यात्रा जितविहीन हुँदै टुंगिएको हो।
नेपालले प्रस्तुत गरेको २४० रनको लक्ष्य यूएईले ४९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। यूएईको जितमा मुहम्मद सहदादले सर्वाधिक ९६ रन बनाए। उनले १२३ बलमा ६ चौका र तीन छक्का प्रहार गरे।
यस्तै, मुहम्मद वसिमले ७३ बलमा चार चौका र तीन छक्कासहित ७६ रन थपे। यी दुईले ६८–३ को स्थितिबाट १४७ रनको साझेदारी गर्दै यूएईलाई जितनजिक पूर्याएका थिए।
सोहेब खानले २९, कप्तान आलिसान सराफुले १८ र हर्षिक कौसिकले १३ रन बनाए।
बलिङमा नेपालका करण केसीले तीन विकेट लिए। नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रनको योगफल खडा गरेको थियो।
यूएईविरुद्ध नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन बनाए। ६८ बल खेलेका उनले सात चौका प्रहार गरे।
मध्यक्रमका ब्याटर कुशल मल्लले ५१ बलमा एक चौका र तीन छक्कासहित ४६ रन बनाए।
ओपनर आसिफ सेखले ४८ बलमा चार चौकासहित ३४ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ३७ रन थप्दा आरिफ सेखको नाममा ३० रन रह्यो। १०औं नम्बरमा ब्याटिङका निम्ति आएका सन्दीप लामिछानेले अविजित १५ रन जोडे।
कुशल मल्ल र सन्दीप लामिछानले नवौं विकेटका निम्ति ४२ रनको साझेदारी गरेका थिए।
यो शृंखलाको यसअघिका तीन खेलमा नेपालले नेपालले अमेरिकासँग १०६, दोस्रो खेलमा यूएईविरुद्ध पाँच विकेट र तेस्रो खेलमा पुनः अमेरिकासँग चार विकेटको हार बेहोरेको थियो।
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया