बिएल संवाददाता
दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) अन्तगर्त आजको खेलमा विराटनगर किङ्सले काठमाडौं गोर्खाजलाई ५ विकेटले हराएको छ।
काठमाडौंले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.१ ओभरको खेलमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो।
विराटनगरका लागि जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाए। बलिङमा काठमाडौंका शहाब आलमले दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो।
काठमाडौंका लागि मोहम्मद आदिल आलमले २५ बलमा अविजित ४८ रन बनाए। बलिङमा विराटनगरका मर्चेन्ट डे लाङ्गेले २ विकेट लिए।
यो काठमाडौंको तेस्रो खेलमा लगातार दोस्रो हार हो। विराटनगरले लगातार दुई विकेट जितेको छ।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया