बिएल संवाददाता
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ६ विकेटले जित हासिल गरेको छ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा जनपुरले दिएको २४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरको खेलमा ४ विकेट गुमाउदै पूरा गर्यो।
सुदूरपश्चिमको जितमा इशान पाण्डेले सर्वाधिक ५६ रन बनाए। विनोद भण्डारीले ४२ रन बनाए।
बलिङमा जनपुरका माज सदाकतले २ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभारको खेलमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको थियो।
जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले अर्धशतक बनाए पनि जितका लागि पर्याप्त भएन।
बलिङमा सुदूरपश्चिमका अभिनास बोहराले सर्वाधि ४ विकेट लिँदा स्कट कुगेलजिनले ३ विकेट लिए।
सुदूरपश्चिम रोयल्स हालसम्म अपराजित छ। सुदूरपश्चिम ५ खेलमा सबै जित जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ।
जनकपुर बोल्ट्सको यो चौथो खेल हो। जनकपुरले यसअघि कुनै पनि खेल जितेको छैन।
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया