बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल)को बुधबारको खेलमा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले प्लेअफ पुग्ने सम्भावना जीवितै राखेको छ।
विराटनगरले दिएको १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
६ खेलमा तेस्रो जित निकालेको लुम्बिनी ६ अंकसहित तालिकाको चौथो स्थानमा उक्लेको छ।
लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ५७ रन बनाए। निरोशन डिकवेलाले अविजित २९ रन योगदान गरे।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र सुभाष भण्डारीले २/२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो।
विराटनगरका लागि लोकेश बमले ४२ बल खेल्दै ३५ रन जोडे। यस्तै बसिर अहमदले १९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २८ रन योगदान गरे।
बलिङमा लुम्बिनी लायन्सका शेर मल्लले ३ विकेट लिए। जेजे स्मिथ, अभिशेष गौतम र रुबेन ट्रम्पलम्यानले १/१ विकेट लिए।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया