बिएल संवाददाता
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
बुधबार भएको इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो।
काठमाडौं दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो।
लुम्बिनीका लागि ओपनर डार्सी सर्टले सर्वाधिक ३३ रन बनाए।
बलिङमा काठमाडौंका सन्तोष यादवले दुई विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९ ओभर एक बलमा १११ रन बनाउँदै अलआउट भएको थियो।
काठमाडौंका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए।
बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ विकेट लिए।
फाइनल प्रवेशका लागि लुम्बिनीले भोलि बिहीबार विराटनगर किंग्ससँग खेल्नेछ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया