बिएल संवाददाता
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
बुधबार भएको इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो।
काठमाडौं दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो।
लुम्बिनीका लागि ओपनर डार्सी सर्टले सर्वाधिक ३३ रन बनाए।
बलिङमा काठमाडौंका सन्तोष यादवले दुई विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९ ओभर एक बलमा १११ रन बनाउँदै अलआउट भएको थियो।
काठमाडौंका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए।
बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ विकेट लिए।
फाइनल प्रवेशका लागि लुम्बिनीले भोलि बिहीबार विराटनगर किंग्ससँग खेल्नेछ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया