यूएई र नेपालबीचको दुई खेलको टी–२० आई सिरिज १–१ को बराबरीमा सकिएको छ।
मंगलबार भएको दोस्रो खेलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गर्दै सिरिज बराबरी गरेको हो।
यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा ओपनर कुशल भुर्तेल ५७ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ८४ रनमा अविजित रहे। यस्तै, दीपेन्द्र सिंह ऐरीले २३ रन बनाउँदा कुशल मल्लले १९ रन जोडे। सन्तोष यादवले १ रन बनाए।
बलिङतर्फ यूएईका निलान्स केशवानी र मुहम्मद अर्फानले एक–एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर बहिले ब्याटिङ थालेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो।
यूएईका लागि अक्षदीप नाथले ५३ रन बनाउँदा मुहम्मद अर्फानले ३२ तथा अदीव उस्मानीले ३० रन जोडे।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा लागि हेमन्त धामीले दुई विकेट लिए भने नन्दन यादव र साहब आलमले समान एक–एक विकेट लिए।
यसअघि सोमबार वर्षाले १० ओभरमा झारिएको पहिलो खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया