महेश चौलागाईं
जुम्लामा जुम्ला–रारा अल्ट्रा म्याराथुन प्रतियोगिताको सातौं संस्करण सुरु भएको छ।
कर्णाली खेलकुद क्लबको आयोजना तथा स्थानीय तहको समन्वयमा ५४ किलोमिटरको म्याराथन दौड प्रतियोगिता सुरु गरिएको हो।
जुम्लाका गिनिज बुक अफ वर्ल्ड रेकर्डधारी तथा विश्वप्रसिद्ध धावक हरिबहादुर रोकायाको सम्मानमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन शनिबार बिहान ६ बजे चन्दननाथ मन्दिरअगाडिबाट पूर्व वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईं र धावक रोकायाले गर्नुभयो।
आयोजक कर्णाली खेलकुद क्लबका अनुसार यस पटक प्रतियोगितामा करिब एक हजार खेलाडी सहभागी भएका छन्। धावक हरिबहादुर रोकायाका अनुसार ५४ किलोमिटर दौडतर्फ १३५ जना, १० किलोमिटर दौडतर्फ २०० जना तथा पाँच किलोमिटर दौडतर्फ ६५० भन्दा बढी धावक सहभागी छन्। यस वर्ष स्वदेशीसँगै भारत र फ्रान्सका धावकको पनि सहभागिता रहेको छ।
प्रतियोगितामा प्रथम हुनेलाई एक लाख रुपैयाँ, दोस्रो हुनेलाई ७५ हजार रुपैयाँ र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। सात वर्षदेखि सञ्चालन हुँदै आएको यो प्रतियोगिता जुम्लाबाट सुरु भएर रारा तालमा पुगेर समापन गरिन्छ।
प्रतियोगिताले हिमाली खेल क्षेत्रको प्रवर्द्धनसँगै खेल पर्यटन विकासमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ। ५४ किलोमिटर दौडमा नेपाली सेनाको नं. २४ बाहिनीका बाहिनीपति अर्जुन बस्नेतसहित विभिन्न खेलाडी सहभागी छन्।
यस्तै, १० र पाँच किलोमिटर दौडमा युवा, ज्येष्ठ नागरिक तथा बालबालिकाको पनि उल्लेख्य सहभागिता रहेको छ।
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया