बिएल संवाददाता
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार विभिन्न पाँच खेलका प्रतिस्पर्धा हुँदैछन् । आज पुरुष फुटबल, महिला क्रिकेट, महिला बास्केटबल, टेनिस र पौडीतर्फ खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
पुरुष फुटबलतर्फ आज दुई खेल हुनेछन् । बिहान ९ बजे नेपाल आर्मी र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। दिउँसो २:३० बजे कोशी प्रदेश र बागमती प्रदेश आमनेसामने हुनेछन्।
महिला क्रिकेटतर्फ वीरेन्द्रनगर क्रिकेट मैदानमा दुई खेल हुनेछन् । बिहान ९:३० बजे बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो १:१५ बजे कोशी प्रदेशले आयोजक कर्णाली प्रदेशसँग खेल्नेछ।
महिला बास्केटबलतर्फ फुल कोर्ट र थ्री एक्स थ्री विधाका खेल सञ्चालन हुनेछन् । फुल कोर्टमा बिहान ९ बजे नेपाल पुलिस र कर्णाली प्रदेश तथा १० बजे मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, थ्री एक्स थ्रीतर्फ दिउँसो १२:१० बजे नेपाल आर्मी र एपीएफ तथा १२:३० बजे मधेश प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ।
टेनिसका खेलहरू बर्दियाको गुलरियामा सञ्चालन हुनेछन् । बिहान ८:३० बजेदेखि सुरु हुने खेलमा महिला एकल र पुरुष युगल विधाका प्रतिस्पर्धा हुनेछन् । दिनभर महिला एकल, पुरुष युगल र मिश्रित युगल गरी १५ खेलको तालिका रहेको छ।
पौडीतर्फ आज ११ विधामा प्रतिस्पर्धा हुनेछ। महिला फ्रिस्टाइल ८०० मिटर र पुरुष इन्डिभिजुअल मिडले ४०० मिटरबाट सुरु हुने प्रतिस्पर्धामा महिला तथा पुरुष बटरफ्लाइ ५० मिटर, फ्रिस्टाइल २०० मिटर र ब्याकस्ट्रोक १०० मिटरका खेल हुनेछन् । त्यस्तै महिला मिडले रिले ४×१०० मिटर, पुरुष फ्रिस्टाइल रिले ४×२०० मिटर र मिश्रित मिडले रिले ४×५० मिटरमा पनि प्रतिस्पर्धा हुनेछ। पौडीका खेल स्वचालित टाइमिङ प्रणालीमार्फत सञ्चालन हुनेछन्।
औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि दशौं राष्ट्रिय खेलकुदका प्रतिस्पर्धात्मक खेलहरू मंसिर ८ गतेदेखि नै सुरु भएका हुन्। कर्णाली प्रदेशमा आयोजना भइरहेको प्रतियोगितामा विभिन्न प्रदेश तथा विभागीय टोलीका खेलाडीहरू उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
प्रधानमन्त्रीको भारत भ्रमणः सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया