बिएल संवाददाता
एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालले ओमानको सामना गर्दैछ।
सिंगापुरमा नेसनल क्रिकेट मैदानमा ओमानले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्दैछ।
समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपाल र समूह ‘बी’ को उपविजेता ओमानबीचको खेल सिंगापुरमा पहिलो सेमिफाइनल प्रतिस्पर्धा सुरु भएको हो।छनोट चरणका दुवै खेल जित्दै बलियो मनोबलमा रहेको नेपाली टोली ओमानलाई पाखा लगाउँदै उपाधि नजिक पुग्ने लक्ष्यमा छ।
नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रन र दोस्रो खेलमा मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको थियो।पहिलो जितसँगै एसियन गेम्समा आफ्नो स्थान सुरक्षित गरिसकेको नेपालका लागि यो खेल छनोटको उपाधि चुम्ने कडीका रूपमा रहेको छ।
प्रतियोगिताको नियम अनुसार सेमिफाइनल पुग्ने चारै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन्। समूह ‘ए’ बाट नेपाल र मलेसिया तथा समूह ‘बी’ बाट ओमान र हङकङले एसियन गेम्सको टिकट काटेका हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया