मङ्गलबार, १६ जुन २०२६

स्पेनका ७ गोल रोकेर चर्चित बनेका गोलकिपरले रूँदै सम्झिएका थिए आमा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

१५ जुन २०२६ मा विश्वकपको समूह चरणको एक ऐतिहासिक खेलमा केप भर्डेले शक्तिशाली स्पेनको सामना गर्‍यो। 

फुटबल विश्लेषक र समर्थकहरूले यो खेललाई एकतर्फी मान्दै, २०१० विश्वकप विजेता स्पेनले सहज जित निकाल्ने अनुमान गरेका थिए।

तर मैदानमा साेचेभन्दा विल्कुलै फरक भइदियाे। केप भर्डेकाे उत्कृष्ट प्रदर्शनले फुटबल समर्थकहरूकाे अनुमानलाई गलत साबित गरिदियो।

खेलको केन्द्रमा भने केप भर्डेका अनुभवी गोलकिपर भोजिन्हा रहे। 

उनले एकपछि अर्को गरी ७ वटा गाेल बचाउ गर्दै स्पेनका आक्रमणहरूलाई रोकिदिए। 

स्पेनजस्तो शक्तिशाली टोलीले पनि गोल गर्न सकेन र खेल ०–० को बराबरीमा समाप्त भयो।

यो नतिजा केवल एक बराबरी मात्र थिएन, यो केप भर्डेको विश्वकप इतिहासकै सबैभन्दा गर्विलो क्षणमध्ये एक बन्यो।

खेलपछि सबैभन्दा धेरै चर्चा केप भर्डेको टिमभन्दा पनि गोलकिपर भोजिन्हाको भयो। 

विश्वभरका मिडिया र फुटबल समर्थकहरूले उनको प्रदर्शनलाई 'विश्वस्तरीय' भन्दै प्रशंसा गरे।

खेलपछि भोजिन्हा भावुक देखिए। उनले यो क्षण आफ्नो जीवनभरको सपना पूरा भएको बताए। 

आँसु रोक्न नसकेका उनले आफ्नो परिवारलाई सम्झिए–विशेषगरी आफ्नी आमालाई, जसले छोरालाई विश्वकप मैदानमा खेलिरहेको देख्ने सपना देखेकी थिइन्।

तर भिसा सम्बन्धी समस्याका कारण उनकी आमा मैदानमा उपस्थित हुन सकिनन्। 

भोजिन्हाले आफ्नो सफलताकाे कारण परिवारलाई दिएका थिए। 

भोजिन्हाको वास्तविक नाम जोसिमार जोजे एभोरा डायस हो। सन् १९८६ मा केप भर्डेको माइन्डेलो शहरमा जन्मिएका उनी सानैदेखि फुटबलप्रेमी थिए।

तर उनको यात्रा सजिलो थिएन। ठूलो फुटबल शक्ति नभएको देशबाट आएका कारण उनले न सुविधाजनक प्रशिक्षण पाए, न त सजिलो अवसर नै। 

कहिले खेल्ने मौका, कहिले बेन्च–यही संघर्षबीच उनले आफ्नो करियर अघि बढाए।

विभिन्न देशका क्लबहरूमा खेल्दै उनले अनुभव बटुले र निरन्तर मेहनत गर्दै गए। अन्ततः उनले केप भर्डे राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाए।

४० वर्षको उमेरमा, जब धेरै खेलाडीहरूले आफ्नो करियर समाप्त गर्ने सोच बनाउँछन्, भोजिन्हाले भने विश्वकप जस्तो ठूलो मञ्चमा आफ्नो जीवनकै उत्कृष्ट प्रदर्शन दिए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!