बिएल संवाददाता
केप भर्डेका गोलकिपर भोजिन्हाकी आमा आना क्यान्डिडा एभोराले अब छाेराकाे खेल प्रत्यक्ष हेर्न पाउने भएकी छन्।
भिसा र आर्थिक समस्याका कारण स्पेनविरुद्धको ऐतिहासिक खेल हेर्न अमेरिका जान नसकेकी आमाले अब अमेरिकामा हुने केप भर्डेको अर्को खेल हेर्न पाउने भएकी हुन्।
अमेरिकी संसदका नेता हाकिम जेफ्रिजको पहलपछि अमेरिकी विदेश मन्त्रालयले आमा आना क्यान्डिडा एभोराको भिसा शुल्कसमेत छुट दिएको र आवेदन प्रक्रिया तीव्र बनाएको जनाएको छ।
अब उनी मियामीमा हुने उरुग्वेविरुद्धको खेलमा उपस्थित भएर छोरालाई प्रत्यक्ष समर्थन गर्नेछिन्।
स्पेनविरुद्ध ०–० को ऐतिहासिक बराबरीपछि भावुक बनेका ४० वर्षीय भोजिन्हाले आफ्नी आमा मैदानमा उपस्थित हुन नसकेको भन्दै आँसु झारेका थिए।
उनको भावनात्मक अभिव्यक्तिले विश्वभर चर्चा पाएपछि अमेरिकी अधिकारीहरूले भिसा प्रक्रियालाई छिटो बनाउने पहल गरेका थिए।
केप भर्डेको पहिलो विश्वकप यात्रामा भोजिन्हाको प्रदर्शनले संसारभरका फुटबल समर्थकको मन जितेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया