शनिबार, २० जुन २०२६

फिफा विश्वकप : टर्कीविरुद्ध पाराग्वेको जित

उदयपुरमा दुर्घटना
• • •

फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा पाराग्वेले पहिलो जित निकालेको छ। अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज भएको खेलमा टर्कीलाई १–० गोलले हराउँदै पाराग्वे विजयी भएको हो।

पाराग्वेका माटियास गालार्जाले गोल गरेका थिए। उनले खेलको दोस्रो मिनेटमै गरेको गोल पाराग्वेको जितका लागि निर्णायक बनेको थियो। योसँगै गालार्जा विश्वकप २०२६ मा अहिलेसम्म सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन्।

पहिलो हाफको इन्जुरी समयमा मिगेल अल्मिरोन रातोकार्ड पाएर बाहिरिएपछि पाराग्वे १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि रक्षात्मक खेल्दै पाराग्वेले आफ्नो अग्रतालाई कायम राख्दा विजयी हुन पुग्यो।

यो जितसँगै दुई खेलबाट ३ अंक जोडेको पाराग्वे तालिकाको तेस्रो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको अष्ट्रेलियाको पनि ३ अंक नै छ। पराजित भएको टर्की विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। आफ्नो पहिलो खेलमा टर्की अष्ट्रेलियासँग हारेकाे थियाे।
समूह डी अन्तर्गत नै आज बिहान भएको खेलमा अष्ट्रेलियालाई २–० गोलले हराउँदै अमेरिका तालिकाको शीर्षस्थानमा उक्लिएको छ। अमेरिकाको २ खेलबाट ६ अंक छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!