बुधबार, २४ जुन २०२६

बुडिमिरको निर्णायक गोलमा क्रोएसिया विजयी, बाहिरियो पानामा

News Image
• • •

क्रोएसियाले फिफा विश्वकप २०२६ मा पानामालाई १-० गाेलले पराजित गरेको छ। एन्टे बुडिमिरको एक मात्र गोलमा क्रोएसियाले पानामालाई हराएकाे हाे। 

क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा क्रोएसियाका लागि बुडिमरले दोस्रो हाफमा गरेकाे एक मात्र गाेल निर्णायक बन्याे। यो नतिजाले क्रोएसियाको नकआउट चरण पुग्ने सम्भावना कायम रह्यो। पानामा भने प्रतियोगिताबाट बाहिरिएको छ। पानामा आफ्नाे पहिलो खेलमा  घानासँग १-० ले पराजित भएको थियो।

बुडिमिरले ५३औँ मिनेटमा जोसिफ स्टानिसिकको पासमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। त्यसपछि दुवैले टोलीले गोल गर्ने प्रयास गरेपनि थप गोल भएन।

क्रोएसिया पहिलो खेलमा इंग्ल्यान्ड्सँग ४-२ गाेलले पराजित भएको थियाे । याे जितपछि क्रोएसिया ३ अंक जोड्न सफल भएको छ। 

अब समूहको लिग चरणको अन्तिम दिनको खेलमा पानामाले इंग्ल्यान्ड र क्रोएसियाले घानाको सामना गर्नेछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!