बिएल संवाददाता
फिफा विश्वकप २०२६ को गोल्डेन बुट दौड अहिले निकै रोमाञ्चक बनेको छ।
विश्व फुटबलका तीन सुपरस्टार–लियोनेल मेस्सी–किलियन एम्बाप्पे–एर्लिङ हालान्डबीच कडा प्रतिस्पर्धा देखिएको छ।
हालको अवस्थामा मेस्सी ५ गोलसहित शीर्ष स्थानमा छन् भने एम्बाप्पे र हालान्ड समान ४–४ गोलसहित पछ्याइरहेका छन्।
एम्बाप्पे विश्वकप २०२२ का गोल्डेन बुट विजेता हुन्। उनी फेरि एकपटक उपाधि जित्ने लक्ष्यमा छन्।
फ्रान्सको बलियो टोली र उनको उत्कृष्ट फर्मका कारण धेरै विश्लेषकले उनलाई प्रमुख दाबेदार मानेका छन्।
यता ३८ वर्षका मेस्सीले भने लगातार गोल गरिरहेका छन्। अर्जेन्टिनालाई धेरै टाढासम्म पुर्याउन सके उनी गोल्डेन बुटका बलिया दाबेदार बन्न सक्छन्।
विश्वकप डेब्युमै गोलको वर्षा गरिरहेका हालान्ड पनि दौडमा छन्। नर्वे नकआउट चरणमा अघि बढ्दै गए उनको नाम पनि शीर्ष प्रतिस्पर्धीमा रहनेछ।
अहिलेकै प्रदर्शन हेर्दा गोल्डेन बुटको मुख्य भिडन्त मेस्सी, एम्बाप्पे र हालान्डबीच देखिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया