बिएल संवाददाता
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार बिदाइ गरिएको छ ।
नेदरल्यान्ड्स र नामिबियाविरुद्धको शृंखलामा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आइतबार एक विशेष समारोहबीच बिदाइ गरिएको हो।
बिदाइ कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले टोलीले गत वर्ष स्कटल्यान्डमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्याउने विश्वास व्यक्त गरे।
यसैगरी बिदाइ समारोहलाई सम्बोधन गर्दै नेपाली टोलीका कप्तान रोहित पौडेलले टोलीको संयोजन सन्तुलित रहेको र उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए।
उनले भने, ‘हाम्रो टोलीको संयोजन निकै राम्रो छ। नेदरल्यान्ड्स र नामिबियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएका छौं। त्यसअनुसार मानसिक तयारी गरेका छौं र प्रत्येक खेलाडीले आफ्नो शतप्रतिशत प्रदर्शन गर्नेछ।’
नेपालले जुलाई २१ देखि सुरु हुने नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित लिग–२ शृङ्खलाअघि जर्सीमा तयारी क्याम्प गर्नेछ। त्यहाँ जुलाई १३ र १५ मा दुई अभ्यास एकदिवसीय खेल पनि खेल्ने क्यानले जनाएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया