बिएल संवाददाता
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा गण्डकी प्रदेशले कोशीलाई १४२ रनको भारी अन्तरले पराजित गर्दै विजयी भएको छ।
जीतका लागि एक सय ६८ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेश १५ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै कूल २५ रनमा समेटियो। कोशीका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। कोशीका कप्तान अङ्कित सुवेदीले ८ रन जोडे भने कमल खत्रीले ५, आशिष भट्टराई र अभ्यास तिमिसिनाले समान तीनरतीन रन जोडे।
बलिङततर्फ गण्डकी प्रदेशका विपीन खत्री एक्लैले ६ विकेट लिए भने सन्दीप पराजुलीले तीन विकेट झारे भने अङ्कित न्यौपानेले एक विकेट लिए।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनायो । गण्डकीका लागि मुस्कान थापाले ६७ रनको योगदान दिए। उनले एक सय २२ बल खेल्दै सात चौकाको मद्दतमा ६७ रन बनाएका हुन्। त्यसैगरी कप्तान विपीन खत्रीले ४२ रन बनाए भने कमल परियारले १३ रन जोडे।
कोशी प्रदेशका अभ्यास तिमिसिनाले ६ विकेट लिए भने सन्दीप पराजुलीले तीन तथा अङ्कित न्यौपानले एक विकेट लिए। यस जीतसँगै गण्डकीले पहिलो जीत दर्ता गराएको छ । गण्डकीले चार खेलमा दुई अङ्क जोडेको छ। छैटौँ खेलमा पराजित रहेको कोशी प्रदेश भने अङ्कविहीन छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया