बिएल संवाददाता
विश्वकप फाइनलमा स्पेनसँग हारेपछि अर्जेन्टिनाका समर्थकहरूले राजधानी ब्युनस आयर्समा हिंसात्मक प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढासहित आक्रमण गरेका छन्। कतिपय सार्वजनिक सम्पत्तिहरूमा समेत क्षति पुगेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन्। स्थिति नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको छ।
विश्वकपको उपाधि जोगाउने आशामा रहेका हजारौं समर्थक लियोनेल मेस्सी र अर्जेन्टिना टोलीलाई समर्थन गर्न राजधानी ब्युनस आयर्समा भेला भएर फाइनल खेल हेरेका थिए। तर फाइनल हारेपछि समर्थकहरू आक्रोशित बने।
अमेरिकाको न्यु जर्सीमा भएको फाइनल खेल समाप्त भएपछि मैदानभित्रै पनि अर्जेन्टिनी खेलाडीहरूले स्पेनी खेलाडीहरूमाथि हातपात गरेका थिए। डेली स्टारका अनुसार, अन्तिम सिटी बजिसकेपछि स्पेनका एरिक गार्सियालाई धकेल्दै आक्रमण गर्ने प्रयास गरेका अर्जेन्टिनाका लिएन्ड्रो परेडेसलाई रातो कार्ड देखाइएको थियो।
अर्जेन्टिनाको समाचारपत्र इन्फोबाएका अनुसार, करिब ३० लाख जनसंख्या रहेको ब्युनस आयर्समा खेल हेर्ने कार्यक्रम अधिकांश समय शान्तिपूर्ण रहे पनि स्थानीय समयअनुसार राति करिब ११:४५ बजेपछि प्रहरी र समर्थकबीच झडप सुरु भएको थियो।
देशको प्रमुख राष्ट्रिय स्मारक ओबेलिस्क वरिपरि तनाव सिर्जना भएको थियो। केही समर्थकहरूले स्मारकको सुरक्षाका लागि लगाइएको बार तोडेर भित्र प्रवेश गर्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको बताइएको छ।
त्यसपछि करिब २० मिनेटसम्म अराजक अवस्था सिर्जना भयो। ठूलो समूहका समर्थकहरूले प्रहरीमाथि सिसाका बोतल तथा अन्य वस्तु प्रहार गर्न थालेपछि प्रहरीले भीड तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको इन्फोबाएको रिपोर्टमा उल्लेख छ।
रिपोर्टअनुसार कम्तीमा १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने झडपमा धेरै व्यक्ति घाइते भएका छन्। घाइतेहरूको स्वास्थ्य अवस्थाबारे भने तत्काल कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।
विश्वभर सार्वजनिक भएका तस्बिरहरूमा ब्युनस आयर्सका सडकहरू फुटेका सिसा र अन्य भग्नावशेषले भरिएको देखिन्छ। एउटा तस्बिरमा प्रहरीले भुइँमा लडेका एक समर्थकलाई लात हानेको जस्तो दृश्य पनि देखिएको छ।
पराजयका बाबजुद अर्जेन्टिनामा राष्ट्रिय बिदा घोषणा गरिने भएको छ। राष्ट्रपति जाभियर मिलेईले स्पेनले विश्वकप ट्रफी उचालेको केही घण्टापछि नै सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘विश्वकप उत्सव। अर्जेन्टिनी राष्ट्रिय टोलीले हासिल गरेको उपलब्धिको उत्सवबारे देखिएको चासोलाई ध्यानमा राख्दै, खेलाडी र प्रशिक्षक टोलीले जुन दिन उत्सव मनाउने निर्णय गर्छन्, त्यही दिनलाई राष्ट्रिय बिदा घोषणा गरिनेछ।’
यसअघि अर्जेन्टिनाले सन् २०२२ को विश्वकप जितेपछि पनि राष्ट्रिय बिदा दिएको थियो। फाइनलपछि टोली ब्युनस आयर्स फर्किएर विजय परेडमा सहभागी भएको थियो, जसको मुख्य केन्द्र पनि ओबेलिस्क नै बनेको थियो।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया