प्रतिस्णा रेग्मी
युएई (दुबै)मा हुने यू–१९ एसिया कपमा सहभागी हुने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रम गरी बिदाइ गरेको हो।
देव खनालको कप्तानीमा नेपाली टोली युएई गएको छ। यही ८ डिसेम्बरदेखि यूएईमा हुने क्रिकेट प्रतियोगितामा नेपालसहित समूह ‘ए’मा अफ्गानिस्तान, भारत र पाकिस्तानसँगै रहेका छन भने समूह ‘बी’मा बंगलादेश, श्रीलंका, जापान र युएई रहेका छन्।
बिदाइ कार्यक्रममा कप्तान खनालले टेस्ट राष्ट्रलाई हराएर सेमिफाइनलमा पुग्ने लक्ष्य नेपाली टोलीले राखेको बताए। उनले भने, ‘यसअघि पनि नेपालले भारतलाई यू–१९ टोलीमा हराएको थियो। फेरि पनि त्यही ईतिहास दोहोर्याउन चाहन्छौँ।’
यस्तो छ नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक डुम्रे, हेमन्त धामी, गुल्सन झा, दिपेश कडेँल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया