बिएल संवाददाता
त्रिकोणात्मक टी– २० आई सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले आज (आइतबार) हङकङ-चाइनासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे हङकङको मोकं कोकमा सुरु हुनेछ।
सिरिजमा आयाेजक हङकङ-चाइनासहित नेपाल र पपुवा न्युगिनी (पिएनजी) सहभागी छन्। नेपालले मंगलबार पिएनजीसँग खेल्नेछ। भने, फाइनल खेल बुधबार हुनेछ।
सिरिज सुरु हुनुअघि शनिबार नेपालले हङकङ-चाइनासँग फ्रेन्डसिप म्याज खेलेकाे थियाे। जसमा नेपाल ७२ रनले पराजित भएकाे थियाे।
क्यानले हङकङमा खेल्ने टिममा सोमपाल कामी, आसिफ सेख, कुशल मल्ल र ललित राजबंशीलाई बाहिर राखेको छ। भने, विनोद भण्डारी, लोकेश बम, आकाश चन्द रासिद खानलाई समावेश गरिएको छ।
नेपाली टिम- रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, रशिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया